१९ असार २०८३, शुक्रबार
रसुवामा बाढीको वितण्डा

यी हुन् रसुवा बाढीमा बेपत्ता हुने तीन प्रहरीसहित १२ नेपाली [सूची]

असार २४, २०८२
काठमाडौं
यी हुन् रसुवा बाढीमा बेपत्ता हुने तीन प्रहरीसहित १२ नेपाली [सूची]

रसुवामा आएको बाढीमा १८ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा तीन प्रहरीसहित ६ चिनियाँसमेत छन् । 

सशस्त्र प्रहरी बलका अनुसार, बेपत्ता हुनेमा नेपाल प्रहरीअन्तर्गत इलाका प्रहरी कार्यालय, टिमुरेमा कार्यरत् प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहोरा छन्।

बेपत्ता हुनेमा ६ जना चिनियाँ नागरिक छन् । 

बेपत्ता हुने नेपाली नागरिकमा बर्दिया स्थायी घर भएका जिपन चौधरी, सन्तोष दइत, बुद्धिराम थारू, लक्ष्मीनारायण थारू, सुरेश थारू, बाग्लुङका नरेन्द्र विक, कन्टेनर चालक फुर्वा लामा, मिक्चर चालक गोविन्द मोक्तान, हाइलक्स चालक लोकमान तामाङ छन् । 

गएराति आएको बाढीले नेपाल–चीन मितेरी पुल, भन्सारसहितका स्थानमा क्षति गरेको छ । ९ जनाको भने उद्धार गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्