२९ असार २०८३, सोमबार

नवनियुक्त ३ न्यायाधीश शपथ ग्रहणलगत्तै इजलासमा

असार २४, २०८२
काठमाडौं
नवनियुक्त ३ न्यायाधीश शपथ ग्रहणलगत्तै इजलासमा

सर्वोच्च अदालतमा नवनियुक्त तीन जना न्यायाधीशले मंगलबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै इजलासमा बसेका छन् ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले नवनियुक्त न्यायाधीशहरू मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापालाई मंगलबार पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए । लगत्तै तीनै जना न्यायाधीशहरूको लागि इजलास पनि तोकिएको हो ।​ 

मेघराज पोखरेललाई विनोद शर्मासँग, श्रीकान्त पौडेललाई मनोजकुमार शर्मासँग र शान्तिसिंह थापालाई कुमार चुँडालसँग संयुक्त इजलास तोकिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशहरूलाई न्याय परिषद्को सिफारिसका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार नियुक्त गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्