
काठमाडौंको बौद्धबाट स्रोत नखुलेको एक करोड ४४ लाख रूपैयाँसहित एक चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धको विशेष टोलीले चिनियाँ नागरिक वाङ जिआनलाई उक्त रकमसहित नियन्त्रणमा लिएको हो ।
जिआनसँग बरामद रकमको स्रोतबारे अनुसन्धान भइरहेको परिसरका प्रवक्ता एवं एसपी अपिल राज बोहराले जानकारी दिए ।