
काठमाडौं २२ मंसिर– रसुवामा लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका मोहन आचार्यले शुरुवाती अग्रता लिएका छन् ।
आचार्यले २ हजार १०९ मत प्राप्त गर्दा वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका जनार्दन ढकालले १ हजार २८९ मत पाएका छन् ।
ढकाल २०७० सालको संविधानसभा चुनावमा रसुवाबाट प्रत्यक्षबाट विजयी भएका थिए ।