
सर्वोच्च अदालतले गभर्नर डा. विश्व पौडेललाई काम गर्न रोक लगाउने गरी अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
न्यायाधीशहरू कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले मंगलबार अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
अधिवक्ता विशाल थापा समेतले दिएको रिटमा सुनुवाइ गर्दै इजलासले मुद्दालाई प्राथमिकतामा राख्दै अग्राधिकार दिन आदेश गरेको छ ।