१८ असार २०८३, बिहीबार

रुपन्देहीमा नाउपा उम्मेदवारलाई सघाउने मोर्चाको निर्णय

असार २४, २०८२
काठमाडौं
रुपन्देहीमा नाउपा उम्मेदवारलाई सघाउने मोर्चाको निर्णय

कात्तिक १७ गते हुने रुपन्देहीको प्रतिनिधिसभा क्षेत्र नम्बर ३ को उपनिर्वाचनमा संघीय लोकतान्त्रिक मोर्चाको तर्फबाट नागरिक उन्मुक्ति पार्टीको उम्मेदवारलाई साझा उम्मेदवारका रूपमा समर्थन गर्ने  निर्णय भएको छ ।

जनमत पार्टी बेगर तराई मधेश लोकतान्त्रिक पार्टीको अगुवाइमा मंगलबार बसेको मोर्चाको बैठकले उक्त निर्णय गरेको हो ।

तमलोपाका अध्यक्ष वृषेशचन्द्र लालको अध्यक्षतामा बसेको मोर्चाको बैठकमा निजामती सेवा ऐनमा भएको छेडखानीका विषयमा संलग्नलाई कारबाही गर्न समेत माग गरिएको छ ।

त्यसैगरी, संवैधानिक नियुक्ति सम्बन्धी सर्वोच्चको फैसला संविधानको मर्म र भावना विपरीत रहेको ठहर गर्दै मोर्चाले छुट्टै संवैधानिक अदालत बनाउनु पर्ने माग गरेको छ ।

बैठकमा जसपा नेपालबाट नेताहरू राजकिशोर यादव, मनिष सुमन र राम कुमार शर्मा, नागरिक उन्मुक्तिबाट नेताहरू रेशमलाल चौधरी, रञ्जिता चौधरी, लालविर चौधरी, गंगा चौधरी र  हिमाञ्चल भट्टराई, राष्ट्रिय मुक्ति पार्टीबाट नेताहरू राजेन्द्र महतो, केशव झा र सन्तोष मेहता उपस्थित भए । 

त्यसैगरी, लोसपाबाट नेताहरू महन्थ ठाकुर, सर्वेन्द्रनाथ शुक्ला, लक्ष्मणलाल कर्ण र ज्ञानेन्द्र झा, जनता प्रगतिशील पार्टीबाट नेताहरू हृदयेश त्रिपाठी, शिवजी यादव र सबिर हुसेन र तमलोपाबाट नेताहरू वृषेशचन्द्र लाल, डा. विजय सिंह, बिभा ठाकुर, पुनम झा, ब्रज किशोर सिंह र सुभाष कर्ण सहभागी भए ।

मोर्चामा जनमत पार्टी समेत आबद्ध रहेकोमा मंगलबारको बैठकमा जनमतबाट नेताहरू सहभागी भएका भएनन् । 

salt training

कमेन्ट गर्नुहोस्