
नारायणघाट-बुटवल सडक अन्तर्गत दाउन्ने-बर्दघाट खण्डको खुर्साने खोला नजिकैको अवरोध हटेको छ । सडक मर्मत गरेर अवरोध हटाएसँगै उक्त खण्डमा एकतर्फी यातायात सञ्चालन गरिएको छ ।
अबको केही समयमा दुईतर्फी यातायात सञ्चालन हुने नारायणघाट-बुटवल सडक योजनाका अधिकारीहरूले जनाएको छन् ।
उक्त खण्डको केही भाग गए रातिको वर्षाले बगाएकाले बिहानदेखि यातायात पूर्ण रूपमा अवरुद्ध भएको थियो ।