
काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसँग विशेष अदालतले २५ हजार रूपैयाँ धरौटी मागेको छ ।
भ्रष्टाचार मुद्दामा बुधबार न्यायाधीशहरू तेज नारायण सिंह राई, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले परियारसँग २५ हजार धरौटी माग्ने आदेश गरेको हो ।
सोही मुद्दाका प्रतिवादी महानगरका कर्मचारीहरू बसन्त आचार्य र नमराज ढकालसँग भने ५०/५० हजार रूपैयाँ धरौटी मागिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाको सामाखुसी कोरिडोरअन्तर्गत बसुन्धरादेखि म्हेपीसम्मको ढल निर्माण कार्यको ठेक्कामा अनियमितता भएको भन्दै परियारसहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
सहसचिव परियारविरुद्ध ४ करोड ३१ लाख ७२ हजार २८७ रूपैयाँ बिगो माग गरिएको थियो ।