२९ जेठ २०८३, शुक्रबार

अन्तिम पटक चुनाव जित्ने पशुपतिको चाहना अधुरै, शेरबहादुरले बाजी मारे

मंसिर २३, २०७४
अन्तिम पटक चुनाव जित्ने पशुपतिको चाहना अधुरै, शेरबहादुरले बाजी मारे

काठमाडौं, २३ मंसिर— सिन्धुपाल्चोकबाट चुनावी प्रतिस्पर्धा अन्तिम भएको बताउँदै आएका  राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणा  पराजित बन्न पुगेका छन्  ।
आफ्नो अन्तिम चुनावी लडाईँ सुखद बनाउने उनको चाहना थियो । तर, उनको यो चाहना पूरा हुन सकेछ । 
वाम गठबन्धनका एमाले उम्मेदवार शेरबहादुर तामाङसँग राणा पराजित बन्न पुगेका छन् । 
शनिबार बिहान घोषित मत परिणामअनुसार  सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा राणा तामाङसँग ८०३२ मतले पराजित भए । 
तामाङले ३८ हजार ४०१ मत ल्याए भने  राणाले ३० हजार ३६९ मत ल्याए । 
सिन्धुपाल्चोकका लागि आफूले धेरै गरेको राणाले दाबी गर्दै आएका  छन् । यल्पी उनी पछिल्ला दुई चुनावमा सिन्धुपाल्चोकबाटै पराजित बनेका थिए । यो उनको हारमा ह्याट्रिक हो । 
 

salt training

कमेन्ट गर्नुहोस्