
पेरिस सेन्ट-जर्मेन (पीएसजी) अमेरिकामा जारी फिफा क्लब विश्व कपको फाइनलमा पुगेको छ। न्यू जर्सीस्थित मेटलाइफ स्टेडियममा गएराति रियल मड्रिडलाई ४–० ले हराउँदै फ्रेन्च टोली उपाधि नजिक पुगेको हो ।
पीएसजीलाई उपाधि नजिक पुर्याउन फाबियन रुइसले २ गोल गर्दा, ओस्मान डेम्बेले र गोनसालो रामोसले समान १/१ गोल गरे ।
खेलको शुरूआती २४ मिनेटमै पीएसजीले ३ गोल गिरसकेको थियो । छैटौं मिनेटमा रुइसले पहिलो गोल गरेका थिए । नवौं मिनेटमा डेम्बेले गोल गरे ।
रियलका डिफेन्डरको गल्तीमा पहिलो दुई गोल सम्भव भएको थियो । २४ औं मिनेटमा रुइसले अर्को गोल गर्दा पीएसजीले खेल पूर्ण रूपमा नियन्त्रणमा लिएको थियो ।
खेल सकिन ३ मिनेट बाँकी रहँदा रामोसको गोल गर्दै जितलाई थप सहज बनाए । अब उपाधिका लागि पीएसजीले आइतबार चेल्सीसँग खेल्नेछ ।