२९ असार २०८३, सोमबार

राप्ती नदीमा फसेका तीन जनाको सकुशल उद्वार

असार २६, २०८२
काठमाडौं
राप्ती नदीमा फसेका तीन जनाको सकुशल उद्वार

बाँकेको राप्तीसोनारी गाउँपालिका–५ गोरधुईस्थित राप्ती नदीमा फसेका तीन जनाको सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ ।

गाईवस्तु चराउन गएका उनीहरु राप्ती नदीमा एक्कासी आएको बाढीको कारण नदीको बीच टापुमा फसेका थिए । सो बारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. ४२ रिजर्भ शंम्शेरगंज बाँकेबाट  खटिएको गोताखोरसहितको सुरक्षा फौजले उनीहरुको सकुशल उद्वार गरेको हो ।

उद्वार गरिएकाहरुमा सोही गाउँपालिका–५ बस्ने ५२ वर्षिय मानसिंह धामी, ६९ वर्षिय लील बहादुर खत्री र ५० वर्षिय ससु वली छन् । उनीहरुको अवस्था भने सामान्य रहेको सशस्त्र प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्