२४ असार २०८३, बुधबार

बालेनले सात महिनापछि बोलाए कार्यपालिका बैठक

असार २६, २०८२
काठमाडौं
बालेनले सात महिनापछि बोलाए कार्यपालिका बैठक

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले नगर कार्यपालिकाको बैठक बोलाएका छन् ।

मेयर शाहको सचिवालयले दिएको जानकारी अनुसार भोलि शुक्रबार दिउँसो २ बजे बस्नेगरि कार्यपालिका बैठक आह्वान भएको छ । 

त्यसअघि बिहान ११ बजे स्रोत अनुमान समितिको बैठक समेत बोलाइएको छ । 

महानगरभित्र देखिएको विवादका कारण गत पुस यता कार्यपालिका बैठक बस्न सकेको छैन भने बजेट, कार्यक्रम समेत ल्याइएको छैन ।

संविधान अनुसार स्थानीय तहले असार १० गतेभित्र आफ्नो बजेट पेस गरिसक्नुपर्छ । तर, काठमाडौं महानगरभित्र मेयर र अरु जनप्रतिनिधि तथा कर्मचारीका बीचमा देखिएको विवादले यी कुनै प्रक्रिया अघि बढ्न सकेका छैनन् ।

उपप्रमुख सुनिता डंगोलसहित कार्यपालिका सदस्यहरूले कार्यपालिका बैठक बोलाउन माग गर्दै जेठ १२ गते मेयर बालेनलाई पत्र बुझाएका थिए । 

त्यसअघि चैत १० गते पनि मेयर बालेनलाई भेटेरै कार्यपालिका बैठक राख्न अनुरोध गर्दै पत्र बुझाइएको थियो ।  तर, पनि बैठक बोलाइएको थिएन ।

 

salt training

कमेन्ट गर्नुहोस्