२६ जेठ २०८३, मंगलबार
प्रविधिमैत्री बन्दै नेपाली खेलकुद

प्रधानमन्त्रीले उद्घाटन गरे नेशनल हाई पर्फमेन्स सेन्टर

असार २६, २०८२
काठमाडौं
प्रधानमन्त्रीले उद्घाटन गरे नेशनल हाई पर्फमेन्स सेन्टर

नेपाली खेलकुदलाई प्रविधिमैत्री बनाउने उद्देश्यले स्थापित ‘नेशनल हाई पर्फमेन्स सेन्टर’ बिहीबारदेखि औपचारिक रूपमा शुरू भएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा नेशनल हाई पर्फमेन्स सेन्टरको उद्घाटन गरे ।

प्रधानमन्त्री ओलीले उद्घाटन गरेसँगै संस्थागत विकासको थालनी भएको ६७ वर्षपछि नेपाली खेलकुद प्रविधिमैत्री बन्ने बाटोतर्फ अग्रसर भएको छ । प्रधानमन्त्री ओलीले नेशनल हाई पर्फमेन्स सेन्टरको निरीक्षण पनि गरे ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का संरक्षकसमेत रहेका प्रधानमन्त्री ओलीले नेशनल हाई पर्फमेन्स सेन्टरमा जडान गरिएका खेलकुदसँग सम्बन्धित प्राविधिक यन्त्रको बारेमा जानकारी पनि लिए । प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेका अन्य खेलकुद पूर्वाधारको पनि निरीक्षण गरे ।

‘नेशनल हाई पर्फमेन्स सेन्टर’को सञ्चालनपछि अब नेपाल खेलकुदको स्तरमा गुणात्मक सुधार आउने विश्वास गरिएको छ । नेपाली खेलाडीले ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा सुधारिएको प्रदर्शन गर्ने आशा पनि गरिएको छ ।

null

नेपाली खेलकुदमा हालसम्म खेलाडीलाई केन्द्रमा राखेर कुनै पनि अध्ययन-अनुसन्धान हुने गरेको थिएन । खेलाडीको प्रशिक्षण, छनोट, व्यवस्थित खानपिन, शारीरिक अभ्यास, प्रतियोगिता आयोजनाजस्ता सबै कुरा परम्परागत रूपमै सञ्चालन हुँदै आएका थियो ।

नेशनल हाई पर्फमेन्स सेन्टर सञ्चालनमा आएपछि अब खेलाडीको प्रशिक्षणदेखि लिएर छनोट प्रक्रियामा समेत प्रभावकारिता आउने खेलविज्ञहरूले बताएका छन् । सेन्टरमा अध्याधुनिक प्रविधि जडान गरिएका छन् । यहाँ जडान गरिएका यन्त्रले खेलाडीमा देखिएको समस्या र कमिकमजोरी पत्ता लगाउन पनि मद्दत पुर्‍याउने बताइएको छ ।

हाई पर्फमेन्ट सेन्टरमा जडान गरिएका अत्याधुनिक यन्त्रमा एक्स बडी मेसिन, फोर्स फ्रेम, फोर्स डेस्क, एसभीटी मेसिन, ईएमजी इक्विपमेन्ट, ल्याक्टिक एसिड एनालाइजर, बीएफआर इक्विपमेन्ट, डाइनामो इक्विपमेन्ट, ह्युमन ट्र्याक इक्विपमेन्ट, भीओटु म्याक्स इक्विपमेन्ट, टाइमिङ गेट इक्विपमेन्टलगायत रहेका छन् ।

एक्स बडी मेसिनले खेलाडीको शारीरिक अवस्थासँगै मांसपेशी, मुभमेन्टलगायतको विश्लेषण गर्छ । फोर्स फ्रेमले खेलाडीका शरीमा रहेको शक्तिको विश्लेषण गर्छ । यो यन्त्राले खेलाडी दायँ र बायाँ भागबाट समान शक्ति प्रवाह भइरहेको छ वा छैन भन्ने कुराको पनि जानकारी दिन्छ ।

null

फोर्स डेस्कले पनि खेलाडीको शक्ति र चालको विश्लेषण गर्छ । एसभीटी मेसिनले खेलाडीको आँखाको अवस्था र दृश्य विश्लेषण गर्न सक्ने क्षमताको अध्ययन गर्न सहयोग पुर्‍याउँछ । यो यन्त्रले खेलाडीले कुनै पनि दृश्यलाई हेरेर कति छिटो प्रतिक्रिया जनाउँछ भन्ने कुराको जानकारी पनि दिन्छ ।

पढ्नुहोस् यो पनि- ६७ वर्षपछि अत्याधुनिक प्रविधिसँग जोडिँदै नेपाली खेलकुद, खेलाडीको सीपदेखि शक्तिसम्म पत्ता लाग्ने

यसैगरी, ईएमजी इक्विपमेन्टले खेलाडीको मांसपेशीको अवस्थाको बारेमा जानकारी दिन्छ । ल्याक्टिक एसिड एनालाइजरले खेलाडीको रगतमा ल्याक्टिक एसिडको अवस्था कस्तो छ भनेर जानकारी दिन्छ । खेलाडीको शरीरमा यो एसिड बढी हुनु राम्रो मानिँदैन ।

यसैगरी, बीएफआर मेसिनले खेलाडीको शरीरमा रगतको प्रवाह कस्तो छ भन्ने विश्लेषण गर्छ । डाइनामो इक्विपमेन्टले हातको शक्तिको विश्लेषण गर्छ । ह्युमन ट्र्याक इक्विपमेन्टले खेलाडीको मुभमेन्टसँगे अन्य थुप्रै जानकारी उपलब्ध गराउँछ । भीओटु म्याक्स इक्विपमेन्टले खेलाडीको शरीरमा अक्सिनको अवस्थाको बारेमा विश्लेषण गर्छ ।

यसैगरी, सेन्टरमा सुविधासम्पन्न जीमहल पनि निर्माण गरिएको छ । यसका अतिरिक्त महिला तथा पुरुष खेलाडीका लागि बाथरूम, चेन्जिङ रूम, लकर रूम, अफिस रूम, भण्डार कोठा, थेरापी रूम, स्टिम रूमलगायतका सुविधा पनि उपलब्ध रहेको राखेपले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्