२१ जेठ २०८३, बिहीबार

स्रोत नखुलेको रकमसहित रौतहटमा एक जना पक्राउ

असार २६, २०८२
काठमाडौं
स्रोत नखुलेको रकमसहित रौतहटमा एक जना पक्राउ

रौतहटको गौर नगरपालिका-१ बाट स्रोत नखुलेको ९ लाख २८ हजार ५ सय नेपाली रूपैयाँ र २ लाख १५ हजार ५ सय भारतीय रूपैयाँसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सर्लाहीको रामनगर गाउँपालिका-२ बस्ने ३० वर्षीय चन्दन पण्डित रहेका छन् । उनलाई प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको हो ।

भन्सार सुरक्षा गार्ड कार्यालय रौतहट समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०३ जे ९५४३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त नगद फेला पारी चालक चन्दनलाई पक्राउ गरेको हो । 


 

salt training

कमेन्ट गर्नुहोस्