२२ असार २०८३, सोमबार

गण्डक नहरबाट पर्याप्त पानी उपलब्ध नहुँदा रोपाइँ गर्न समस्या

असार २६, २०८२
पर्सा
गण्डक नहरबाट पर्याप्त पानी उपलब्ध नहुँदा रोपाइँ गर्न समस्या

छिमेकी मुलुक भारतले गण्डक सिँचाइ तथा जलविद्युत् योजनाको सम्झौताअनुसार गण्डक नहरमा पानी उपलब्ध नगराउँदा पर्सा, बारा र रौतहटमा कृषकलाई रोपाइँ गर्न समस्या भएको छ । तीन जिल्लाका कृषकले असारे धान रोपाइँका लागि बिउ तयार गरे पनि पानी उपलब्ध नहुँदा धान रोपाइँ प्रभावित बनेको छ । 

भारतीय पक्षले सम्झौताअनुसार गण्डक नहरमा ८५० क्यूसेक पानी उपलब्ध गराएको छैन । नारायणी सिँचाइ व्यवस्थापन कार्यालय पर्साका प्रमुख मनोजकुमार पटेलले भारतले अहिले दैनिक ५३५ क्यूसेक पानी मात्र उपलब्ध गराउँदै आएको बताए । 

“हामीले भारतीय पक्षलाई सम्झौता बमोजिमको गण्डक नहरमा पानी उपलब्ध गराउन बुधबार पत्राचार गरेका छौँ,” उनले भने  । प्रमुख पटेलका अनुसार पर्याप्त पानी नहुँदा पर्सा, बारा र रौतहटमा अपेक्षाकृत ढङ्गले धानको रोपाइँ हुन सकेको छैन । 

salt training

कमेन्ट गर्नुहोस्