
नेकपा माओवादी केन्द्रको आज बसेको पदाधिकारी बैठकले नेसपाबाट १५ जना नेताहरूलाई वैकल्पिक केन्द्रीय सदस्यमा समायोजन गर्ने निर्णय गरेको छ। नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (नेसपा) केही पहिले एकता भएको थियो ।
पार्टी एकतापछिको सांगठनिक संरचनालाई व्यवस्थित बनाउने क्रममा नेसपाबाट आएका नेताहरूलाई समायोजन गरिएको सचिव गंगानारायण श्रेष्ठले जानकारी दिए।
उनका अनुसार वैकल्पिक केन्द्रीय सदस्यमा समायोजन भएका नेताहरूमा कृष्ण कुमार भण्डारी (काभ्रे), मीनबहादुर दर्जी (झापा), कृष्ण सापकोटा (बागलुङ), मोदनाथ तिमल्सिना (सिन्धुली), प्रमिला यादव (धनुषा), मेघराज तामाङ (रामेछाप), डा. जयनारायण यादव (सिरहा), राजु महर्जन (काठमाडौँ), टीका कन्दङ्वा (तेह्रथुम), अनिता थिङ (काभ्रे), शंकर अधिकारी (धादिङ), बद्री विलास मिश्र (लमजुङ), शोभा माझी (सिन्धुली), राकेश साह (महोत्तरी) र राजन कुमार दनुवार (उदयपुर) रहेका छन्।
त्यसैगरी, पछिल्लो एकता प्रक्रियामा नेसपा (नयाँ शक्ति) पक्षबाट आएका हेमबहादुर थापा (कास्की) लाई पूर्ण केन्द्रीय सदस्यमा र राजु क्षेत्री (कास्की) लाई वैकल्पिक केन्द्रीय सदस्यमा समायोजन गर्ने निर्णय पनि गरिएको उनले बताए ।