
गोरखा २३ मंसिर– चासोका साथ हेरिएको गोरखा क्षेत्र नम्बर २ मा नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराईले प्रतिद्वन्दी नारायणकाजी श्रेष्ठसंगको मतअन्तर घटाएका छन् ।
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई पछि पार्दै बाबुरामले अग्रता लिएका हुन् ।
शनिवार बिहानसम्मको अपडेट अनुसार बाबुरामले २३ हजार १ सय १७ र नारायणकाजीले १९ हजार ४ सय ७५ मत पाएका छन् । मत अन्तर ३ हजार ६ सय ४२ छ ।