
नवलपुर २३ मंसिर–पूर्वी नवलपरासीको नवलपुर क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका डा शशांक कोइरालाले शुरुवाती अग्रता लिएका छन् ।
शनिवार बिहान सम्मको मतगणना नतिजा अनुसार कोइरालाले ५ हजार १ सय ६६ मत पाएका छन् ।
कोइरालाका प्रतिद्वन्दी माओवादीका भविश्वर पराजुलीले २ हजार ५ सय ४४ मत प्राप्त गरेका छन् ।
दुइवटै संविधाननसभा चुनावमा विजयी भएका शशांकले तेस्रो पटक जितेर ह्याट्रिक गर्ने योजनामा छन भने माओवादीका युवा नेता पराजुली कांग्रेस गढ ढाल्ने योजनामा छन् ।