
बुढी राप्ती खोलामा डुबेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका—९ का अन्दाजी १५ वर्षीय अनमोल लम्साल रहेका छन् ।
बुधबार ३ बजेतिर साथीसँग पौडी खेल्न गएका उनी खोलामा बेपत्ता भएका थिए । खोलाले चप्पल बगाउँदा समाउन जाने क्रममा उनी बगेका थिए ।
खोलाले बगाएका पौडेलको शव करिब २ सय मिटर तल फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए ।