१२ असार २०८३, शुक्रबार

सीता दाहालको स्मृति दिवसमा मानव सेवा आश्रममा प्रचण्ड [तस्वीरहरू]

असार २७, २०८२
काठमाडौं
सीता दाहालको स्मृति दिवसमा मानव सेवा आश्रममा प्रचण्ड [तस्वीरहरू]

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मानव सेवा आश्रम, रानीवनमा पुगेका छन् । 
सीता दाहालको स्मृति दिवसको अवसरमा शुक्रबार उनी मानव सेवा आश्रम, रानीवनमा पुगेका हुन् । 

आश्रममा पुगेर उनले त्यहाँ आश्रितहरूसँग भेटघाट गर्नुका साथै भोजनसमेत गराएका हुन् । उनी स्वयंले पनि उनीहरूसँगै बसेर खाना खाएका थिए ।

null

आफू प्रधानमन्त्री भएको बेला हेटौंडामा मानव सेवा आश्रमको केन्द्रीय भवन उद्घाटन गरेको स्मरण गर्दै प्रचण्डले मानव उद्धारका लागि आवश्यक सवारी साधनको व्यवस्थापनमा सहजीकरण गर्ने प्रतिबद्धता जनाए । 

null

साथै, मानव सेवा आश्रमले सकारात्मक उद्देश्यले देशभर सञ्चालन गरेका काममा साथ र सहयोग पुर्‍याउने उनले बताए । 

मानवीय सेवामा आधारित यस्ता कार्यहरूले सामाजिक मूल्य र आदर्शको सन्देश दिने उनले धारणा राखे । 

 

salt training

कमेन्ट गर्नुहोस्