३१ जेठ २०८३, आइतबार

चन्द्रागिरिमा अनियन्त्रित मोटरसाइकल स्कूटरमा ठोक्कियो, एक जनाको मृत्यु

असार २७, २०८२
काठमाडौं
चन्द्रागिरिमा अनियन्त्रित मोटरसाइकल स्कूटरमा ठोक्कियो, एक जनाको मृत्यु

काठमाडौंको चन्द्रागिरिमा एउटा मोटरसाइकल अनियन्त्रित भएर स्कूटरमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । 

चन्द्रागिरि नगरपालिका–१५ तीनथानास्थित सडकमा आज बिहान बा ८५प ४८२२ नंको मोटरसाइकल बा प्र ०२–०४२ प ९८२२ नम्बरको स्कूटरमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । 

मृत्यु हुनेमा सोही नगरपालिका–४ थानकोट घर भएका ३४ वर्षीय रोशन ढकाल रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको शहीद मेमोरियल अस्पताल कलङ्कीमा उपचारका क्रममा मृत्यु भएको हो । 

दुर्घटनामा घाइते भएका स्कूटरमा सवार दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्