३१ जेठ २०८३, आइतबार

बाघको आक्रमणबाट १ जनाको मृत्यु

असार २७, २०८२
चितवन
बाघको आक्रमणबाट १ जनाको मृत्यु

पूर्वी चितवनको खैरहनीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

खैरहनी नगरपालिका–१३ गवै का ६८ वर्षीय पदमबहादुर रानामगरको आज मृत्यु भएको हो ।​

मृतकसहित तीन जना स्थानीय कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्नका लागि आज बिहान गएकामध्ये मगर सम्पर्कमा नआएपछि खोजी गरिएको थियो ।

खोजी गर्ने क्रममा उनी मृत भेटिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए।

उनको शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्