३० जेठ २०८३, शनिबार

बागलुङका २ गर्भवतीको हवाई उद्धार

असार २८, २०८२
बाग्लुङ
बागलुङका २ गर्भवतीको हवाई उद्धार
फाइल फोटो

बागलुङको बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि दुई जना गर्भवतीको हवाई उद्धार गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तिलक भारतीका अनुसार ढोरपाटन नगरपालिका–८ की ३८ वर्षीया हुमी विक र सोही नगरपालिका–५ की २३ वर्षीया देवी सुनारलाई हवाई उद्धार गरेर काठमाडौं पठाइएको हो ।

नेपाली सेनाको हेलिकप्टरबाट उनीहरूलाई थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालमा भर्ना गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्