२४ असार २०८३, बुधबार

आइतबार दुई संसदीय समिति बैठक बस्दै

असार २९, २०८२
काठमाडौं
आइतबार दुई संसदीय समिति बैठक बस्दै

आइतबार संघीय संसदका दुई समितिको बैठक बस्ने भएका छन्। संघीय संसद सचिवालयका अनुसार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायक समिति र संघीयता सवलिकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक सिंहदरबारमा साढे ११ बजे तय गरिएको छ।

प्रत्यायोजित विधायक समितिको बैठकमा असार २४ गते भोटेकोशी नदीमा आएको बाढी, विपद् व्यवस्थापन, मन्त्रालयसँग सम्बन्धित चालु आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा व्यक्त सरकारी प्रतिबद्धताबारे छलफल हुनेछ।

त्यसैगरी, सरोकार समितिको बैठकमा वित्तीय संघीयता कार्यान्वयनको सन्दर्भमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेका कार्य, सिफारिस तथा तिनको कार्यान्वयन अवस्थाबारे छलफल हुने कार्यक्रम तय गरिएको छ।

salt training

कमेन्ट गर्नुहोस्