२८ जेठ २०८३, बिहीबार

प्रधानमन्त्री ओलीको गुनासो- स्पेन भ्रमणबारे झूट र घटिया प्रचार गरियो

असार २९, २०८२
झापा
प्रधानमन्त्री ओलीको गुनासो- स्पेन भ्रमणबारे झूट र घटिया प्रचार गरियो

​प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पछिल्लो स्पेन भ्रमणबारे विरोधी र अराजक तत्वहरूले तथ्यहीन प्रचार गरेका गुनासो गरेका छन् ।

झापाको दमक नगरपालिका अन्तर्गत मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको आइतबार उद्‌घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले स्पेन भ्रमण सफल र फलदायी रहेको बताए ।

तर, भ्रमणमा भएका उपलब्धि र सकारात्मक पक्षलाई ओझेल पारेर 'स्पेनमा मान्छे छाडेर आयो' भन्नेजस्ता झूटा र घटिया प्रचार गरिएको भन्दै उनले आपत्ति जनाए।

'केही विरोधी र अराजक तत्वहरूले भ्रमणको मूल उद्देश्य र सफलतालाई बेवास्ता गरेर अनर्गल प्रचार गरिरहेका छन्,' उनले भने ।

उनले आफू नेतृत्वको सरकारले विकास निर्माणमा ध्यान दिइरहेको उल्लेख गर्दै सडक, शिक्षा र पूर्वाधार विस्तारमा सरकार प्रतिबद्ध रहेको बताए ।

स्पेन भ्रमणबारे अनर्गल प्रचार गरिएमा आपत्ति जनाउँदै उनले भने, 'जहिले पनि झूट बोलेको छ, झूट बालेको छ । यस्ता कुरा कति दिन टिक्छ ? यस्तो राजनीति नगर्न म सबैलाई सुझाव दिन्छु ।'

salt training

कमेन्ट गर्नुहोस्