२८ जेठ २०८३, बिहीबार

१५ दिनभित्र छाउगोठ भत्काउन निर्देशन, नभत्काए १० हजार जरिवाना

असार २९, २०८२
कञ्चनपुर
१५ दिनभित्र छाउगोठ भत्काउन निर्देशन, नभत्काए १० हजार जरिवाना

कञ्चनपुरको कृष्णपुर नगरपालिकाले छाउगोठ नभत्काए १० हजार रुपैयाँ जरिवाना गर्ने भएको छ । नगरपालिकाले पन्ध्र दिनभित्र छाउगोठ भत्काउन आज सूचना जारी गरेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र प्रसाद भट्टले भने, 'सबै वडा कार्यालयलाई वडामा छाउगोठ निरीक्षण गरी पन्ध्र दिनभित्र भत्काउन भनेका छौं ।'

शनिबार वडा नम्बर–१ निगालीकी २८ वर्षीया कमला आउजीको छाउगोठमा सुतेको अवस्थामा सर्पले डसेर मृत्यु भएपछि नगरपालिकाले उक्त निर्णय गरेको हो ।

पक्की घर हुँदाहुँदै आउजी देउता रिसाउने अन्धविश्वासले घरको छेउमै बनाइएको छाउगोठमा बस्दै आएकी थिइन् ।

कृष्णपुर–१ का वडाध्यक्ष मोहनबहादुर बस्नेतले भने, 'धेरै छाउगोठ त हामीले भत्कायौं, त्यो बेला अनेकौं गाली खायौँ, झगडासमेत भयो । हामीले भत्काएर आएपछि पुनः छाउगोठ बनाइहाले ।'

salt training

कमेन्ट गर्नुहोस्