२८ जेठ २०८३, बिहीबार

व्यवहारिक शिक्षासँगै रोजगारीमा जोड्दै सिन्धुली कलेज

असार ३०, २०८२
काठमाडौं
व्यवहारिक शिक्षासँगै रोजगारीमा जोड्दै सिन्धुली कलेज

सिन्धुली कलेजले होटेल म्यानेजमेन्टको क्षेत्रमा आफ्नो पहिचान बेग्लै बनाएको छ । उत्कृष्ट नतिजा र समयानुकूल शिक्षा प्रदान गर्दै आएको सिन्धुली कलेजले विद्यार्थीलाई सैद्धान्तिक ज्ञान सीप मात्र नभई व्यवहारिक तथा प्रयोगात्मक सिकाइमा जोड दिने गरेको कलेजका प्रबन्ध निर्देशक समीर ढकालले बताए ।

२०७५ मा स्थापना भएको कलेज शुरू गर्दा १० जना विद्यार्थी रहेको स्मरण गर्दै उनले भने, ‘हामीले कलेज स्थापना गर्दा सिन्धुली प्राविधिक शिक्षाका लागि पनि प्रख्यात भइसकेको थियो । यहाँका विद्यार्थीहरूले भविष्यमा उपयोगी हुन सीप सिक्नुपर्छ भन्ने विश्वास राख्ने, होटेल तथा आतिथ्य क्षेत्र पनि फस्टाइरहेको तर दक्ष जनशक्ति अभाव हुनाले यो कलेज स्थापना गरिएको हो ।’

धेरैले होटेल म्यानेजमेन्टलाई भाँडा माझ्ने, अरूको फोहर भाँडा उठाउने काम सम्झिएर विद्यार्थीहरू नआएको अनुभव सुनाए । ‘छिमेकको कलिलो विद्यार्थीहरूले आर्थिक रूपमा सफलता हासिल गरेर घर परिवारको आर्थिक स्थिति सबल बनाउँदै गर्दा यी भ्रमहरू चिरिँदै गए। वास्तविकता चाहिँ के हो भने होटेल म्यानेजमेन्ट भनेको होटेल, रिसोर्ट, रेस्टुरेन्ट, स्पा, क्रुज, एयरलाइन्सजस्ता धेरै सम्मानजनक क्षेत्रहरूमा व्यवस्थापन सिकाउने शिक्षा हो ।’

अहिलेका चुनौतीहरू अलि फरक रहेको बताए । ‘विद्यार्थीलाई इन्टर्नसिप लागि उत्कृष्ट ५ तारे प्रोपर्टीहरू पत्ता लगाउने, नयाँ मुलुकहरू पत्ता लगाउने जहाँ हाम्रा स्नातकहरूले राम्रो तलब भत्ता सेवा सुविधा पाउन सकुन्, विद्यार्थीलाई सञ्चार र नेतृत्वको महत्त्व बुझाउने, नियमित तालिमबाहेक नयाँ खालका गतिविधिहरू पत्ता लगाउने र सबैभन्दा ठूलो कुरा विद्यार्थीलाई विकासमुखी सोच बनाउन प्रेरित कसरी गर्ने भन्ने जस्ता चुनौतीहरू छन्,’ उनले भने । 

कलेज अफ होटेल म्यानेजमेन्ट भए पनि आफूहरूले प्लस टु (एनइबी) होटेल म्यानेजमेन्टमा, सामान्य व्यवस्थापन (जसलाई सिन्धुलीमा कमर्स पनि भन्ने गर्छन्) र कम्प्युटर साइन्स पढाउने उनले बताए । छोटो अवधि र प्राविधिक डिप्लोमा तथा एडभान्स डिप्लोमा कोर्स पनि उपलब्ध हुने बताए ।

उनले भने, ‘हामीसँग प्लस टु र डिप्लोमाको संयोजन कोर्स पनि छ । दुई वर्षमा विद्यार्थीले प्लस टूको प्रमाणपत्र र डिप्लोमा प्रमाणपत्र दुवै पाउँछन् । प्लस टूको प्रमाणपत्रले बीबीए, बीएचएम, बीबीएस वा बीएससीआइटी जस्ता विषय पढ्न सहयोग गर्छ भने डिप्लोमा प्रमाणपत्रले विदेशमा काम गर्दा राम्रो अवसर र तलब भत्ता दिलाउँछ ।’

प्रबन्ध निर्देशक समीर ढकाल ।

उनले कलेजलाई विशेषता नै व्यावहारिक कक्षा होटेल म्यानेजमेन्टमा रहेको बताए । ‘हाम्रो डिप्लोमा कोर्षको ७०–८० प्रतिशत व्यावहारिक हुन्छ, किनकि सीप हस्तान्तरण गर्नु मुख्य कुरा हो । अर्को कुरा के हो भने अन्य कलेजले दुई वर्ष पढाएर आफ्नो भूमिका सिद्धिएको महसुस गर्छन् तर हामीले भने विद्यार्थीलाई सम्मानजनक तलब सहित इन्टर्नसिप गराउँछौँ ताकि उनीहरूले प्रत्यक्ष अनुभव लिन सकुन् ।’

इन्टर्नसिप पश्चात्, जापान, दुबई, कतार, मलेसिया, युरोपजस्ता मुलुकमा रोजगारीका लागि सही अवसर छनोट गर्न विद्यार्थीलाई सहयोग गर्ने बताए । ‘हामीसँग अध्ययन गरेका ७०–८० प्रतिशत विद्यार्थी नेपाल वा विदेशमा रोजगारीमा छन् वा आ–आफ्नो व्यवसाय गरिरहेका छन् । साथै, १० भन्दा बढी विद्यार्थीहरू विदेशी मुलुकमा ‘अर्न एन्ड लर्न’ मोडलमा छन् जहाँ उनीहरूले मासिक ४० हजार देखि ७० हजार कमाउँछन् र ब्याचलर डिग्री पनि पढिरहेका छन् । अर्को चार वर्षमा उनीहरूले स्नातक डिग्रीसँगै अनुभव समेत आर्जन गरेर अझ राम्रो करियर बनाउने छन्,’ उनले भने । 

कलेजमा अध्ययनका लागि विद्यार्थीहरूले होटेल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म, बीबीए, बीबीएस, बीएससीआइटी वा अन्य स्नातक कोर्सहरू नेपाल वा विदेशमा पढ्न सक्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्