
नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रतिगामी र गैरप्रजातान्त्रिक दल भएको टिप्पणी गरेका छन् ।
उनले पत्रकार शालिकराम पुडासैनी र रवि लामिछानेका सवारी चालकको मृत्युको घटना पनि संसद्मा स्मरण गराए ।
सोमवार बसेको प्रतिनिनधिसभा बैठकको आकस्मिक समयमा सांसद बजगाईंले रास्वपालाई पानीको फोका जस्तो दल भएको टिप्पणी गरेका हुन् ।
‘तपाईंहरू (रास्वपा)ले हद आक्रमण प्रयास गर्नुभएको छ, मूलत: कांग्रेसमाथि । तपाईंहरू प्रगितामी र गैरप्रजातान्त्रिक दल हो’ बजगाईंले भने, ‘रास्वपा प्रचारवाजीले भरिएको पार्टी र पानीको फोका हो भन्न नपरोस्, ऐतिहासिक योगदानमा धब्बा लगाउने काम नगर्नुस् । लागेको दाग सफा गर्नुस् ।’