![संसद्मा प्रचण्ड : अदालतमाथि प्रश्न, कांग्रेस-एमालेलाई चेतावनी [सम्बोधनको पूर्णपाठ]](https://lktcdn2.prixacdn.net/media/prachanda_ZmEaqHxMen.jpg)
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार प्रतिनिधिसभा बैठकमा विशेष सम्बोधन गरेका छन् ।
उनले सम्बोधनका क्रममा अदालतको कार्यशैली र निर्णय प्रक्रियामाथि प्रश्न उठाए भने सत्तारूढ कांग्रेस-एमालेलाई चेतावनी दिए ।
‘अहिले आमनेपाली जनताले मात्र होइन पूरा दुनियाँले हेरेको छ- हाम्रो अदालतको कार्यशैली कस्तो छ, निर्णय प्रक्रिया कस्तो छ । हाम्रो संवैधानिक निकायहरू कुन वैधानिक र आधिकारिक मान्यतामा बन्ने र भत्किने गरेका छन् । हाम्रा संसदीय समिति र संसद् कुन अथोरिटी कुन मूल्य र मान्यतामा टेकेर अगाडि बढेका छन् दुनियाँले हेरिराखेको छ । हामी सबैको लागि चुनौती बनेको छ’ प्रचण्डले भने ।
संवैधानिक निकायका पदाधिकारीको नियुक्ति सम्बन्धी संवैधानिक इजलासको फैसलालाई लिएर बहस भइरहेको समयमा प्रचण्डले अदालतको कार्यशैलीप्रति टिप्पणी गरेका हुन् ।
प्रचण्डले प्रमुख दुई दलको अहंकारले देशमा जनविद्रोहको खतरा रहेको पनि दाबी गरे । उनले कांग्रेस–एमालेले संसद्लाई बिचौलियाको खेल मैदान बनाएको आरोप लगाए ।
‘व्याप्त भ्रष्टाचार, अराजक र बेथितिले समाज आक्रान्त छ । गम्भीर समीक्षासहित सच्चिनका लागि कठोर निर्णय गर्नतिर नलाग्ने हो भने निकै ठूलो विस्फोट तिर जाने अवस्था छ,’ प्रचण्डले भने ।
प्रचण्डले देश बहुआयामिक संकटको जोखिममा रहेको समेत उल्लेख गरे । विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला जनतासँग गरिएको सपना र प्रतिबद्धता आजको अवस्थासँग मेल नखाने बताउँदै उनले वर्तमान सत्ताको कार्यशैलीले ती सबै सपना र प्रतिबद्धतालाई अपमानित बनाएको टिप्पणी गरेका हुन् ।
‘के हामी शान्ति सम्झौताका बेला देखिएको सपना अनुसार अघि बढिरहेका छौं ?’, प्रचण्डले भने ।
सम्बोधनका क्रममा प्रचण्डले संसद्को सबभन्दा ठूलो दल नेपाली कांग्रेस स्वर्ग र नर्कको गोलचक्करको पासोमा परेको टिप्पणी गरे ।
‘संसद्को सबैभन्दा ठूलो दल हो कांग्रेस । एकपछि अर्को स्वेच्छाचारिता श्रृंखलाहरू जसरी अगाडि बढाइएका छन्, जसरी अहंकार र प्रतिशोधपूर्ण व्यवहार हाबी हुँदै गएको छ, यसबाट नेपाली कांग्रेस पनि स्वर्ग र नर्ककै गोलचक्करको पासोमा परेको र आफूलाई त्यसमै समर्पण गरेको देखिएको छ,’ उनले भने ।
गत वर्ष असार १८ गते बालुवाटारमा भएको भेटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई स्वर्ग गए पनि नर्क गए पनि सँगसँगै जाने भनेर भनेको अभिव्यक्ति सार्वजनिक भएको थियो । तर, लगत्तै एमालेले कांग्रेससँग सत्ता सहकार्य गरेको थियो ।
यस्तो छ सम्बोधनको पूर्णपाठ :