२२ जेठ २०८३, शुक्रबार

कोशी प्रदेशका सबै जिल्ला पूर्णखोप सुनिश्चिता घोषणा

असार ३०, २०८२
विराटनगर
कोशी प्रदेशका सबै जिल्ला पूर्णखोप सुनिश्चिता घोषणा

कोशी प्रदेशका १४ वटै जिल्लाले पूर्णखोप सुनिश्चिता दिगोपना घोषणा गरेका छन् ।

प्रदेश खोप समन्वय समितिको आज विराटनगरमा बसेको बैठकमा गत वैशाख २७ देखि यही असार ३० गतेसम्ममा प्रदेशका एक हजार १५७ वडा र १३७ वटै स्थानीय तह र १४ वटै जिल्लाले पूर्णखोप सुनिश्चिता दिगोपना भएको जानकारी दिइएको हो ।

कोशी प्रदेशलाई यही असार ३२ गतेभित्र पूर्ण खोप सुनिश्चितता घोषणा गरिने स्वास्थ्य मन्त्रालयका सचिव डा राधिका थपलियाले जानकारी दिइन् । 

उनले वडा, स्थानीय तह र जिल्ला घोषणा भइसकेकाले चालु आर्थिक वर्षभित्रमै प्रदेशलाई पनि पूर्णखोप सुनिश्चिता दिगोपना घोषणा गरिने बताइन् । उनले नियमित खोप कार्यक्रममा केही बालबालिका छुट्ने गरेको पाइएकाले आगामी वर्षहरुमा शून्यमा झार्न निर्देशन दिइन् । 

प्रदेश खोप समन्वय समितिबाट प्रमाणित गरिएको कागजात राष्ट्रिय खोप समन्वय समितिमा अनुमोदनका लागि पठाइने प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक तथा खोप समन्वय समितिका सदस्य सचिव ज्ञानबहादुर बस्नेतले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्