३१ असार २०८३, बुधबार

सिरियाको स्वेइदा प्रान्तमा जातीय झडप : ८९ जनाको मृत्यु

असार ३०, २०८२
काठमाडौं
सिरियाको स्वेइदा प्रान्तमा जातीय झडप : ८९ जनाको मृत्यु

सिरियाको दक्षिणी स्वेइदा प्रान्तमा सुन्नी बेदुइन समुदाय र ड्रुज लडाकूहरूबीच जारी जातीय झडपमा कम्तीमा ८९ जनाको ज्यान गएको छ । मृतकमध्ये ४६ जना ड्रुज, १८ जना बेदुइन लडाकू, चार जना सर्वसाधारण र सात जना सैनिक पोशाकमा रहेका अज्ञात व्यक्ति रहेको सिरियाली मानव अधिकार निगरानी संस्थाले जनाएको छ ।

हिंसा आइतबार सुरु भएको थियो, जब बेदुइन समूहले डामास्कस जाने राजमार्गमा एक ड्रुज तरकारी व्यापारीलाई अपहरण गरे । घटनाले प्रतिघातको रूप लिँदै अपहरणको श्रृङ्खला र त्यसपछिको सशस्त्र भिडन्तलाई निम्त्यायो ।

झडप सोमबारसम्म जारी रहँदा गाउँहरूमा ‘मोर्टार’  प्रहार भएको र दर्जनौँ मानिस घाइते भएको समाचार संस्था ‘स्वेइदा २४’ ले जनाएको छ । स्वेइदाको सडक सुनसान छन्, पसल बन्द छन् र अन्त्येष्टि समारोहको बीचमै गोली चलेको प्रत्यक्षदर्शीले बताएका छन् ।
५१ वर्षीय स्थानीय बासिन्दा अबु तयमले भने,“हामी अत्यधिक त्रासमा थियौं । गोला बारुद अनियमित रूपमा खसिरहेका थिए ।”

इजरायली सेनाले घटनालाई मध्यनजर गर्दै स्वेइदामा केही ट्याङ्कहरूमा आक्रमण गरेको दाबी गरेको छ, तर विस्तृत विवरण दिएको छैन ।
यहीबीच, सिरियाली सरकारका रक्षा र गृहमन्त्रालयले सेनाको परिचालन, सर्वसाधारणका लागि सुरक्षित मार्ग र हिंसा चाँडै अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्