
राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा खगराज शर्मा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट २०८१ पुस १४ गते जारी गरिएको ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ मार्फत राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन गरिएको थियो ।
उक्त अध्यादेशअनुसार संघ, प्रदेश र स्थानीय तह अन्तर्गत बचत तथा ऋण कारोबार सञ्चालन गर्ने सहकारी संस्थाहरूको नियमन गर्ने जिम्मेवारी यस प्राधिकरणलाई दिइएको छ ।
शर्मा यसअघि सहकारी क्षेत्रमा लामो समयदेखि क्रियाशील रहँदै आएका थिए । प्राधिकरणमार्फत सहकारी क्षेत्रको पारदर्शिता, जवाफदेहिता र वित्तीय अनुशासन कायम गर्ने अपेक्षा गरिएको छ ।