२८ असार २०८३, आइतबार

पशुमा पनि बाँझोपनको समस्या बढ्यो, कारण के ?

असार ३१, २०८२
काठमाडौं
पशुमा पनि बाँझोपनको समस्या बढ्यो, कारण के ?

गाई र भैँसीमा बाँझोपना (बाली नजाने) समस्या बढ्दै गएको छ । चार जिल्लामा गरिएको अध्ययनले यस्तो समस्या भएको पुष्टि गरेको हो । 
 
गण्डकी प्रदेशको स्याङ्जा, लमजुङ, गोरखा र नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा गरिएको अध्ययनले ३६ दशमलव ८८ प्रतिशत रहेको देखाएको हो । अध्ययनमा सहभागी पशु चिकित्सक डा रविन वस्ताकोटीका अनुसार ३८ भैँसी र एक सय २२ गाईमा गरिएको अध्ययनले पशुमा बाँझोपनाको समस्या अत्यधिक रहने गरेको छ । पशुमा सङ्क्रामक रोगका कारणले बाँझोपना आउने गर्दछ । यसका कारण बच्चा तुहिने, गर्भ नअडिने, बाली नखोज्नेजस्ता समस्या देखापर्ने बस्यालले बताए । 

यस्तै अध्ययनका क्रममा पशुको पाठेघरको सामान्य सङ्क्रमण २८ दशमलव १२ प्रतिशत, पठेघर सुनिने समस्या १० प्रतिशत, पटकपटक बाली खोजिरहने समस्या १० दशमलव ६३ प्रतिशतमा देखिएको छ । बस्ताकोटीका अनुसार पाठेघरको मुख सुनिने समस्या सात दशमलव ५० प्रतिशत, डिम्बमा पानीको फोका बन्ने तीन दशमलव ७५ प्रतिशत र पाठेघरमा पानी जम्ने समस्या तीन दशमलव १२ प्रतिशत भेटिएको छ ।
 
उन्नत जातमध्ये होलस्टेन जातको गाईमा सन्तुलित आहाराको कमीका कारण सामान्यभन्दा बढी दुब्लो देखिने गर्दा थारोपन निम्तिएको उनले बताए । जसका कारण गाईहरूमा अण्डासयको सामान्यतय चल्ने ऋतुचक्र निस्क्रिय भएको भेटिएको छ ।
 
सामान्यतय ऋतुचक्र २१ दिन चल्ने भन्दै उनले गाई ब्याएको एक सय दिनमा बाली जानुपर्नेमा अहिले एक सय २५  दिनमा पनि ऋतुचक्रमा नआएको देखिएको बताए । केही गाईहरू एकपटक व्याएपछि पाँच वर्षसम्म पनि गर्भाधारण नगरेको पाइएको उनले बताए। उन्नत नश्लका कोरली बाछी १८ महिनामा पहिलोपटक ऋतुकालमा आउनुपर्नेमा २६ महिनासम्ममा पनि नआएको पाइएको छ । 
शरीरमा रगतको मात्रा कम हुने, रगतमा हेमोग्लोविनको कमी, शारीरिक अवस्था दुब्लो, जुकाको सङ्क्रमणलगायत कारण पनि पशु चौपायामा बाँझोपना देखिने बस्ताकोटीले बताए । 

salt training

कमेन्ट गर्नुहोस्