
नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सञ्चालन गरिरहेको हस्ताक्षर अभियान गैरकानूनी भएको टिप्पणी गरेका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा सांसद बजगाईंले रास्वपाले गरिरहेको हस्ताक्षर अभियानले अदालतको अवहेलना भएको बताएका हुन् ।
‘सहकारी ठगीको आरोपमा अदालतको आदेशले पुर्पक्षमा रहेका तपाईंका नेता मुक्त नहुँदै पोखराको जुलुसदेखि हस्ताक्षर अभियानसम्म सबै गैरकानूनी र अदालतको अवहेलना हो,’ बजगाईंले भने, ‘रास्वपाका सभापति आपराधिक मुद्दामा जेलमा छन्, त्यसपछि पनि उहाँको नेतृत्व कायमै छ । सुधारको कुरा गर्ने पार्टीले यस्तो आधारभूत कुरा वेवास्ता गर्नु दुखद छ ।’
पार्टी सभापति रवि लामिछानेमाथि अन्याय भएको भन्दै रास्वपाले हस्ताक्षर अभियान सञ्चालन गर्दै आएको छ ।