२४ असार २०८३, बुधबार

भारतविरुद्धको चौथो टेस्ट क्रिकेट : इङ्ल्यान्डले ८ वर्षपछि टोलीमा फिर्ता बोलायो यी प्रभावशाली अलराउन्डरलाई

असार ३१, २०८२
काठमाडौं
भारतविरुद्धको चौथो टेस्ट क्रिकेट : इङ्ल्यान्डले ८ वर्षपछि टोलीमा फिर्ता बोलायो यी प्रभावशाली अलराउन्डरलाई

इङ्ल्यान्डले भारतविरुद्धको चौथो टेस्ट क्रिकेटका लागि आफ्नो टोलीको घोषणा गरेको हो । तेस्रो टेस्ट सकिएको एक दिनपछि नै इङ्ल्यान्डले चौथो टेस्टका लागि आफ्नो टोली सार्वजनिक गरेको हो ।

पाँच टेस्टको शृंखलामा इङ्ल्यान्ड २–१ ले अगाडि छ । शृंखलाको पहिलो खेलमा इङ्ल्यान्ड पाँच विकेटले विजयी भएको थियो । दोस्रो टेस्टमा भने भ्रमणकारी टोली भारत तीन सय ३६ रनले विजयी भएको थियो ।

तेस्रो टेस्टमा इङ्ल्यान्डले भारतलाई २२ रनले हराएको थियो । यो टेस्ट शृंखला आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको नयाँ सत्रअन्तर्गत खेलिएको हो । शृंखलाको चौथो टेस्ट जुलाई २३ तारिखमा म्यानचेस्टरमा शुरू हुनेछ ।

चौथो टेस्टका लागि घोषित इङ्ल्यान्डको टोलीमा केही परिवर्तन गरिएको छ । शोएब बशीर चौथो टेस्टमा सहभागी हुने छैनन् । घाइते भएकाले उनी शृंखलाको बाँकी दुबै खेलबाट बाहिरिएका छन् ।

चौथो टेस्टका लागि शोएब बशीरको स्थानमा अलराउन्डर लियाम डसनलाई टोलीमा स्थान दिइएको छ । ३५ वर्षीय डसन आठ वर्षपछि टेस्ट टोलीमा फर्किएका हुन् । उनी स्पिन बलरका साथै क्षमतावान ब्याट्सम्यान पनि हुन् ।

उनले पछिल्लो टेस्ट सन् २०१७ को जुलाईमा दक्षिण अफ्रिकाविरद्ध खेलेका थिए । त्यसयता उनी टेस्ट टोलीमा परेका थिएनन् । उनले हालसम्म इङ्ल्यान्डका लागि तीन टेस्ट खेल्दै कुल ८४ रन बनाएका छन् । यस क्रममा उनले एउटा अर्धशतक पनि प्रहार गरेका छन् ।

टेस्ट क्रिकेटमा उनले सात वटा विकेट पनि लिएका छन् । चौथो टेस्टका लागि घोषित इङ्ल्यान्डको टोलीमा बेन स्टोक्स (कप्तान), जो रुट, जोफ्रा आर्चर, गस एटकिन्सन, ज्याकब बेथेल, हेरी ब्रुक, ब्रायडन कार्स, ज्याक क्रावली, लियाम डसन, बेन डकेट, ओली पोप, जेमी ओवरटन, जश टंग र क्रिस वाक्स रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्