१९ असार २०८३, शुक्रबार
विद्याको स्पष्टीकरण

दुई पटक भएको संसद् विघटनबारे बोलिन् विद्या

असार ३१, २०८२
काठमाडौं
दुई पटक भएको संसद् विघटनबारे बोलिन् विद्या

एमाले नेतृ विद्या भण्डारीले आफू राष्ट्रपति हुँदा दुईपटक भएको संसद् विघटनबारे बोलेकी छन् । 

मदन भण्डारी फाउन्डेसनले काठमाडौंमा मंगलबार गरेको पत्रकार सम्मेलनमा भण्डारीले कसैको दबाबमा नभइ संवैधानिक हिसाबले मन्त्रिपरिषद्को सिफारिस कार्यान्वयन गरेको बताएकी हुन् ।

‘संसद् विघटन कुरामा १७ साल र ५१ सालको कुरा आइरहन्छन्,’ भण्डारीले भनिन्, ‘म राष्ट्रपति भएको बेलामा दुईपटक विघटन भएको कुरा आएको छ । दबाबभन्दा मन्त्रिपरिषद्को निर्णयलाई सदर गरेको हो । संवैधानिक, कानूनी, देशलाई निकास दिने विषय छलफलको हुन सक्छ । दबाबमा गरेको होइन । संवैधानिक विधि र व्यवस्था अनुसार मन्त्रिपरिषद्को निर्णयलाई कार्यान्वयन गरेको हुँ ।’

उनी राष्ट्रपति भएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक संसद् विघटनको सिफारिस गरेको थियो । जसलाई भण्डारीले सदर गरिदिएकी थिइन् ।

तर, सर्वोच्च अदालतले उक्त निर्णयलाई दुवैपटक बदर गरेर संसद् पुनर्स्थापना गरिदिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्