२४ असार २०८३, बुधबार

करेन्ट लागेर १ जनाको मृत्यु

असार ३१, २०८२
रौतहट
करेन्ट लागेर १ जनाको मृत्यु

रौतहटको मौलापुरमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।

आज दिउँसो विद्युतीय मोटरबाट खेतमा पानी सिँचाइ गर्ने क्रममा करेन्ट लागेर मौलापुर–८ सोनरनियाका सुधन राउतका १४ वर्षीय छोरा नरेन्द्र पटेलको मृत्यु भएको हो ।

आफ्नै खेतमा धान रोपाइँका लागि विद्युतीय मोटर चलाएर पानी तान्ने क्रममा पटेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए ।

करेन्ट लागेर घाइते भएका उनको उपचारका क्रममा मौलापुरस्थित शान्ति पोलिक्लिनिकमा मृत्यु भएको हो ।

केही दिनयता रौतहटमा विद्युतीय मोटरबाट करेन्ट लागेर मृत्यु हुनेको सङ्ख्या बढिरहेकाले सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्