२३ असार २०८३, मंगलबार

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको वेबसाइट सार्वजनिक

असार ३१, २०८२
काठमाडौं
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको वेबसाइट सार्वजनिक

काठमाडौं । राजनीतिमा फर्किएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको व्यक्तिगत वेबसाइट www.bidyabhandari.com.np मंगलबार औपचारिक रूपमा सार्वजनिक गरिएको छ।

वेबसाइटमा पूर्व राष्ट्रपतिको सार्वजनिक जीवन, राजनीतिक योगदान, राष्ट्रपतिको भूमिकाका साथसाथै अन्तर्राष्ट्रिय मञ्चहरूमा सहभागिता, विचार–अभिव्यक्तिहरू, तस्बिरसहितका स्मृतिहरू, प्रमुख सम्बोधनहरू, प्रकाशित सामग्रीहरू तथा अन्य सम्बन्धित अभिलेखहरू समेटएको उनका स्वकीय सचिव राजकुमार राईले जानकारी दिए । 

वेबसाइटको निर्माणको उद्देश्य केवल भण्डारीको समग्र राजनीतिक यात्राको दस्तावेजीकरणमा सीमित नभई, लोकतान्त्रिक मूल्य, समावेशी राजनीति, लैङ्गिक समानता, समाजवाद उन्मुख सोच र अन्तर्राष्ट्रिय मित्रताको प्रवर्द्धनमा उनले दिएको योगदानलाई स्मरणीय र सन्दर्भयोग्य बनाउनु रहेको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्