२२ जेठ २०८३, शुक्रबार

वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गरेको आरोपमा पाँच जना पक्राउ

असार ३२, २०८२
काठमाडौं
वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गरेको आरोपमा पाँच जना पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा भक्तपुर मध्यपुरथिमी नगरपालिका-३ बस्ने बारा निजगढ नगरपालिका-१२ घर भएका ४० वर्षीय रामबहादुर थिङ, काठमाडौं महानगरपालिका-१४ बस्ने चितवन राप्ती नगरपालिका-१ घर भएका ५३ वर्षीय प्रेम कृष्ण श्रेष्ठ, काठमाडौं महानगरपालिका-२६ बस्ने सोलुखुम्बु माप्य दुधकोशी गाउँपालिका-४ घर भएका ३० वर्षीय सबिक राई, काठमाडौं टोखा नगरपालिका-३ बस्ने ललितपुर महानगरपालिका-३ घर भएका ४४ वर्षीय मनोज महर्जन र काठमाडौं महानगरपालिका-९ बस्ने २३ वर्षीया दिप्ती केसी रहेका छन् । 

पक्राउ परेकामध्ये रामबहादुरले मलेसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ९९ सय हजार रूपैयाँ, प्रेम कृष्णले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ, सबिकले कतार पठाइदिन्छु भन्दै १० जना पीडितबाट ३ लाख ५० हजार रूपैयाँ, मनोजले क्यानडा पठाइदिन्छु भन्दै १० जना पीडितबाट १ करोड ३४ लाख २५ हजार रूपैयाँ र दिप्तीले न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १३ लाख रूपैयाँ लिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरू रकम लिएर सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रामबहादुरलाई भक्तपुर मध्यपुर थिमी नगरपालिका-३ बाट र दिप्तीलाई काठमाडौं महानगरपालिका-१ बाट आइतबार तथा प्रेम कृष्णलाई काठमाडौं महानगरपालिका-१ बाट, सबिकलाई काठमाडौं महानगरपालिका-२६ बाट र मनोजलाई काठमाडौं महानगरपालिका-३ बाट सोमबार पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्