
सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मनिष थापा सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवा सिफारिस भएका छन्।
सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम (१) को (ख) बमोजिम बढुवा समितिको आज बसेको बैठकले उनलाई डीआईजीका लागि सिफारिस गरेको हो।
बढुवा समितिले निर्णयप्रति असन्तुष्टि भएमा सात दिनभित्र उजुरी दिन सकिने जनाएको छ।