०२ असार २०८३, मंगलबार
साउने संक्रान्ति

साउनको पहिलो दिन : पशुपतिमा बिहानैदेखि भक्तजनको भीड [तस्वीरहरू]

साउन १, २०८२
काठमाडौं
साउनको पहिलो दिन : पशुपतिमा बिहानैदेखि भक्तजनको भीड [तस्वीरहरू]

श्रावण महिनाको पहिलो दिन अर्थात् श्रावण सङ्क्रान्तिको अवसरमा काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा बिहानैबाट भक्तजनको भीड लागेको छ । 

भगवान शिवको आराधनाका लागि विशेष मानिने साउनमा भक्तजनहरू बिहानै पशुपति पुगेका हुन् । साउनमा महिलाहरूले हरियो चुरा, माला र मेहँदी लगाएर व्रत बस्ने गर्छन् । 

null

साउनको पहिलो सोमबार पशुपतिसहित देशभरका शिवालयमा अझ ठूलो भीड लाग्ने गरेको छ । साउनको सोमबार शिवलाई शुद्ध जल चढाएमा खुसी र समृद्धि पाइन्छ भन्ने धार्मिक विश्वास पनि छ ।

साउन महिनामा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोल बम यात्रा गरी जल चढाउने भक्तजनको पनि भीड लाग्ने गर्छ । बोल बम यात्रा गरी सुन्दरीजलबाट शुद्ध जल ल्याएर पशुपतिनाथमा चढाउने भक्तजन पनि साउनमा लाखौँ हुने गरेका छन् ।

null

सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गरेर दक्षिणायन शुरू भएको महिना साउन भगवान् शिवको प्रिय महिना मानिन्छ । भगवान् शिवले सूर्य र चन्द्र दुवैलाई धारण गर्नु भएकाले चन्द्रशेखर पनि भनिन्छ । 

null

साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको बार भएकाले व्रत बस्ने परम्परा छ । यस दिन विशेषरूपमा आशुतोष भगवान् शिवको पूजा, आराधना गरिन्छ ।

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्