०६ साउन २०८३, बुधबार

चार घण्टामा पनि सकिएन एमाले बैठक, खाजा ब्रेकपछि फेरि जारी

साउन १, २०८२
काठमाडौं
चार घण्टामा पनि सकिएन एमाले बैठक, खाजा ब्रेकपछि फेरि जारी

विधान महाधिवेशनको तयारी र समसामयिक राजनीतिबारे छलफल गर्न बसेको नेकपा एमालेको सचिवालय बैठक चार घण्टा चल्दा पनि सकिएको छैन । 

चार घण्टासम्म छलफल भएपछि १० मिनेट खाजा ब्रेक गरिएको थियो । त्यसपछि बैठक फेरि जारी छ । खाजा ब्रेकपछि बिहीबार साँझ ६ बजे आसपासबाट बैठक फेरि चलेको हो । 

भदौ २० देखि २२ गतेसम्म हुने विधान महाविधेशनको तयारीका लागि बसेको बैठक लम्बिएको हो । बैठकले भोलिदेखि बस्ने पोलिटब्यूरो र ५ साउनदेखि बस्ने केन्द्रीय समिति बैठकको लागि एजेण्डा तय गर्नेछ । 

विधान महाधिवेशनमा प्रस्तुत हुने विधान संशोधनको मस्यौदा, राजनीतिक  र सांगठनिक प्रतिवेदनको विषयमा पनि छलफल हुने जनाइएको छ । 

साथै, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी एमालेको राजनीतिमा फर्किएको विषयमा पनि एमालेले छलफल गर्ने भएको छ ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले एक अन्तर्वार्ताका क्रममा राष्ट्रपति भइसकेको व्यक्ति आफ्नो सहमतिविना राजनीतिमा फर्किएको भन्दै पार्टीले आवश्यक निर्णय लिने बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्