२२ जेठ २०८३, शुक्रबार

के भयो प्रचण्ड-शेखरबीचको २ घण्टाको संवादमा ?

साउन १, २०८२
काठमाडौं
के भयो प्रचण्ड-शेखरबीचको २ घण्टाको संवादमा ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाबीच भेटघाट भएको छ । 

बिहीबार साढे तीन बजेदेखि झण्डै साढे पाँच बजेसम्म प्रचण्डको खुमलटारस्थित निवासमा उनीहरूबीच भेट भएको हो । 

प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले दुई नेताबीच २ घण्टा समसामयिक राजनीतिबारे छलफल भएको जानकारी दिए ।
 
‘दुवै राजनीतिक व्यक्तित्व भएकोले छलफलको केन्द्रमा समसामयिक राजनीतिबारे नै कुराकानी भएको छ,’ आचार्यले भने, ‘सरकारको एक वर्षबारे समीक्षात्मक कुराकानी भएको छ ।’

भेटमा प्रचण्डले एक वर्षमा सरकारले प्रभाव देखाउन नसकेको बताएका थिए । सात बुँदे सहमति गरे पनि संविधान संशोधन र सुशासनका सवालमा कांग्रेस एमालेको सरकारले नतिजा नदिएको बताएका थिए । सुशासन दिनेभन्दा सरकारमा विचौलिया हाबी भएको प्रचण्डले शेखरसँग बताएका थिए । 

शेखरले पनि सरकारको एक वर्षमा कुनै प्रभावकारी काम नदेखिएको बताएका थिए । उल्टै भ्रष्टाचार र बेथिति बढ्दा नागरिकमा झन् निराशा चिरिएको शेखरले बताएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्