
प्रहरीले रुकुम पूर्वमा एक थान भरुवा बन्दुक बरामद गरेको छ ।
प्रहरीको टोलीले गस्ती गर्ने क्रममा सिस्ने गाउँपालिका-८ झाँक्री खोलास्थित ओडारमा लुकाइ छिपाइ राखिएको अवस्था उक्त बन्दुक फेला पारेको हो ।
प्रहरीले उक्त बन्दुक कार्यालयमा ल्याएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।