२९ असार २०८३, सोमबार

देशमा भिखारी नै छैनन् भन्ने बयानले गुम्यो क्युबाली मन्त्रीको पद, विरोध चर्किएपछि दिनुपर्‍यो राजीनामा

साउन २, २०८२
काठमाडौं
देशमा भिखारी नै छैनन् भन्ने बयानले गुम्यो क्युबाली मन्त्रीको पद, विरोध चर्किएपछि दिनुपर्‍यो राजीनामा

भिखारीबारे दिएको एउटा विवादित बयानका कारण क्युबामा श्रममन्त्रीले पदबाट राजीनामा दिनुपरेको छ । 

देशमा भिखारी छैनन् भन्ने बयानका कारण श्रममन्त्री मार्टा एलेना फेइटो काब्रेराले पदबाटै राजीनामा दिनुपरेको हो । 

उनको बयानपछि विरोध चर्किएपछि क्युबाका राष्ट्रपतिले आफ्नो सामाजिक सञ्जाल एकाउन्टमा श्रममन्त्रीको राजीनामाबारे जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । 

समाचारअनुसार राष्ट्रिय सभा समितिको अगाडि भनेकी थिइन्, 'हामीले भिखारी भएका मानिसहरूलाई देखेका छौं, तर यदि तपाईंले उनीहरूको हात वा लुगा हेर्नुभयो भने यस्तो देखिन्छ कि उनीहरू भिखारी भएको नाटक गरिरहेका छन् । तिनीहरू वास्तवमा भिखारी होइनन् । क्युबामा भिखारी छैनन्।' 

फेइटोको यो बयान भाइरल भयो र यसको विरुद्धमा मानिसहरूको आक्रोश उत्पन्न भयो। विरोध प्रदर्शनको क्रममा मानिसहरूले फेइटोविरुद्ध महाभियोगको कारबाहीको माग गरेका थिए ।

वास्तवमा, क्युबाको आर्थिक अवस्था निरन्तर बिग्रँदै गइरहेको छ। केही वर्ष अघिसम्म क्युबामा भिखारी देखिँदैनथे र मानिसहरू घरबारविहीन थिएनन्, तर अहिले अवस्था यस्तो बनेको छ कि धेरै मानिसहरू सडकमा आएका छन् । 

सामाजिक सुरक्षा धेरै कम भएको छ र सेवानिवृत्तिपछि मानिसहरूले प्रतिमहिना २००० क्युबाली पेसो पेन्सन पाउँदैछन्, जुन अमेरिकी डलरको तुलनामा लगभग ५ डलर मात्र हो । यो पैसाले अण्डाको एक कार्टन पनि किन्न गाह्रो हुन्छ । 

विदेशमा काम नगर्ने आफन्तहरूले दिनको दुई पटकको खानाको व्यवस्था गर्न पनि गाह्रो भएको छ। यही कारणले गर्दा श्रममन्त्रीको भनाइप्रति मानिसहरू रिसाएका हुन् । 
 

salt training

कमेन्ट गर्नुहोस्