०७ साउन २०८३, बिहीबार

सय वर्ष बाँच्छु जस्तो लाग्छ, त्यो बेलासम्म कम्युनिस्ट झण्डा उचाल्छु– वामदेव गौतम

साउन २, २०८२
काठमाडौं
सय वर्ष बाँच्छु जस्तो लाग्छ, त्यो बेलासम्म कम्युनिस्ट झण्डा उचाल्छु– वामदेव गौतम

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले सय वर्षको उमेरसम्म कम्युनिस्ट झण्डा बोकिराख्ने बताएका छन् ।

नेकपा एकीकृत समाजवादीसँगको पार्टी एकता घोषणा समारोहमा शक्रबार गौतमले ७० वर्षदेखि उचालेको कम्युनिस्ट झण्डा सय वर्षसम्म बोकिराख्ने बताएका हुन् ।

‘७ वर्षदेखि कम्युनिस्ट झण्डा बोक्न शुरू गरेको हुँ । अहिले ७७ वर्ष भए । सय वर्ष त बाँच्नु पर्ने हो लाग्छ, त्यो भन्दा बाँच्न जरुरी छैन,’ गौतमले भने, ‘त्यो बेलासम्म कम्युनिस्ट झण्डा बोकिराख्छु ।’

गौतमले राजतन्त्रको अन्त्य र कम्युनिस्ट पार्टीबीच एकता गर्ने उद्देश्यले आफूले राजनीति शुरू गरेको बताए ।  ‘राजतन्त्रको अन्त्य गर्ने र एउटै कम्युनिस्ट पार्टी बनाउने मेरो अभियान हो,’ गौतमले भने, ‘गणतन्त्र स्थापना भयो । ०७५ सालमा नेकपा बनायौं, जुन संकल्प लिएको थिए त्यो पूरा भयो । तर टिक्न सकेन ।’

कम्युनिस्ट एकता अभियानमा लाग्दा धेरै हण्डर ठक्कर खाएको स्मरण गर्दै गौतमले भने– 'आज म धेरै खुसी छु ।'

कमेन्ट गर्नुहोस्