
काठमाडौं,२३ मंसिर –लमजुङ प्रदेशसभा ‘ख’ मा नेकपा एमालेका उम्मेदवार पृथ्वीसुब्बा गुरुङ विजयी भएका छन् ।
गुरुङले २३ हजार १८८ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार कृष्ण कोइरालाले १५ हजार १२२ मत प्राप्त गरेका छन् ।
उनले कोइरालालाई ८ हजार ६६ को फराकिलो मतअन्तरले पराजित गरेका छन् ।
प्रदेशसभा ‘ख’मा ४१ हजार २७२ मत खसेको थियो ।