१३ असार २०८३, शनिबार

चक्रपथको दोस्रो खण्डको निर्माण अघि बढाउन समितिको निर्देशन

साउन २, २०८२
काठमाडौं
चक्रपथको दोस्रो खण्डको निर्माण अघि बढाउन समितिको निर्देशन
फाइल फोटो

प्रतिनिधिसभा, पूर्वाधार विकास समितिले काठमाडौं चक्रपथको दोस्रो खण्ड विस्तारका क्रममा आवश्यक स्थानमा ‘फ्लाइओभर’ वा ‘अण्डरपास’ निर्माण गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको आजको बैठकले विस्तृत परियोजना प्रतिवेदनमा आवश्यक स्थानमा फ्लाइओभर वा अण्डरपास समावेश गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो ।

समितिले तत्काल चक्रपथ विस्तारको काम अघि बढाउन पनि निर्देशन दिएको सभापति दीपकबहादुर सिंहले जानकारी दिए ।

बैठकमा मन्त्री दाहालले दोस्रो चरणअन्तर्गत कलङ्की-महाराजगन्ज खण्डको काम शीघ्र अघि बढ्ने स्पष्ट पारे ।

७ दशमलव २ किलोमिटर दूरीको सो खण्ड विस्तारको काम अघि बढाउने तयारी भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्