०१ साउन २०८३, शुक्रबार

नेपालमा टेलिग्राम एप तत्काल बन्द गर्न प्राधिकरणले दियो निर्देशन

साउन २, २०८२
काठमाडौं
नेपालमा टेलिग्राम एप तत्काल बन्द गर्न प्राधिकरणले दियो निर्देशन

नेपाल दूरसञ्चार प्राधिकरणले टेलिग्राम एपमाथि तत्काल प्रतिबन्ध लगाउने निर्देशन जारी गरेको छ ।

प्राधिकरणले शुक्रवार एक सूचना जारी गर्दै टेलिग्राममार्फत अनलाइन ठगीका घटनाहरू निरन्तर बढिरहेको र मनी लान्डरिङजस्ता गम्भीर अपराधमा टेलिग्रामको संलग्नता रहेको उल्लेख गरेको छ ।

सूचनामा भनिएको छ, 'नेपालमा सञ्चालनमा रहेको टेलिग्राम एपमार्फत अनलाइन ठगीको संख्या निरन्तर बढिरहेको र मनी लान्डरिङजस्ता गम्भीर अपराधमा संलग्नता रहेको बुझिएकोले उक्त एपको पहुँचमा तत्काल रोक लगाउन सम्बन्धित सबै दूरसञ्चार सेवा प्रदायकहरूलाई निर्देशन गरिएको छ ।'

अनलाइन ठगीका अधिकांश घटनामा टेलिग्राम प्रयोग भएको पाइएपछि नेपाल प्रहरीले यसबारे अनुसन्धान गरेको थियो ।

null

salt training

कमेन्ट गर्नुहोस्