०६ साउन २०८३, बुधबार
मनसुन सक्रिय

रातिदेखि ठूलो पानी पर्ने आकलन, कस्तो रहला आज दिनभरको मौसम ?

साउन ३, २०८२
काठमाडौं
रातिदेखि ठूलो पानी पर्ने आकलन, कस्तो रहला आज दिनभरको मौसम ?

पूर्वका केही ठाउँमा रातिदेखि ठूलो पानी परेको छ । इलाम र झापामा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल कोशी, बागमती र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो केही ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी र सुदूरपश्चिमलगायत बाँकी प्रदेशका पहाडी भू-भागका केही ठाउँ तथा बाँकी भूभागका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

आज रातिदेखि देशका धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । राति कोशी र गण्डकी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । आइतबार दिउँसोदेखि सोमवार बिहानसम्म देशभर ठूलो वर्षाको सम्भावना छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्